हामी सबैले बुझ्नुपर्ने मुख्य कुरा के हो भने; हामी सबैको आस्थाको केन्द्र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल आफैमा 'सरकार' होइन, न न्यायालय नै हो ।
फोहोर र अपाच्य गीत बनाउने र
गाउनेलाई कारबाही गर्न मुलुकी ऐनमा समेत कुनै प्रावधान तोकिएको या लेखिएको छैन !
प्रतिष्ठानले गर्न सक्ने भनेको चेतना अभिवृद्धि को काम हो जुन हाम्रो संस्थाले
निरन्तर रूपमा गर्दै आइरहेको समेत मैले महसुस गरिरहेको छु ।
कलाकारलाई बोलाउने संस्कृति र
परम्पराको लागि जिम्मेवार बन्न सम्झाई बुझाइ गर्ने काम भइरहेकै छ । त्यसरी
कलाकारहरू लाई सम्झाई बुझाई गरिएको कुरा प्रतिष्ठानले सामाजिक सञ्जालमा सार्वजनिक
गरेको छैन । किनभने अश्लील गीत गएका कलाकारलाई माफी मागाउदा त्यो कामको आलोचना भयो
त्यसैले गल्ती गरेका कलाकारहरूलाई गरिएको सम्झाई बुझाइका कामहरू उनीहरूकै
गोपनीयताको ख्याल गरेर पनि संस्थाले सार्वजनिक गर्न मिल्दैन । तर संस्थाले कामै
गरेको छैन भन्न चैँ मिल्दैन। आफ्नो दायरामा रहेर हाम्रो संस्था सम्पूर्ण रूपमा
लोकगीतको संरक्षण र संवर्धन अनि गलत बाटो समातेका कलाकारको काउन्सिलसङमा लागि
परेको छ ।
नेपालको कुनै पनि कानुनमा त्यस्ता
संस्कृति विरोधी गीत सङ्गीत गाउने उत्पादन गर्नेहरूलाई कारबाही गर्ने प्रावधान
रहेको हुन्थ्यो भने प्रतिष्ठानले किन त्यसरी मुद्दा चलाएन भनेर दोष दिन मिल्थ्यो
तर कानुन नै नभएको कुरामा प्रतिष्ठानले कारबाही गरेन भनेर दोष दिनु न्याय सङ्गत
देखिएन ।
संस्थागत जिम्मेवारी वहन नगरेर
संस्थामा आवद्द कलाकारले बाटो बिराउँदा या गल्ती गर्दा संस्थागत कारबाही गर्ने
कुरा विधानमा लेखिएको छ तर त्यो पनि पर्याप्त छैन/ कानुन त झन् छैन त्यसैले
संस्थाले कति गर्न पाउँछ कति पाउँदैन भन्ने विषय बुझेर गुण र दोष छुट्ट्याउनु
पर्ने समय भएको छ ।
संस्थाका जिम्मेवार पदमा बसेका
कुनै कुनै पदाधिकारीहरूको नैतिकतामा ह्रास आएका कारण अरूले प्रतिष्ठानलाई औला
उठाएका हुन । तिजमा रत्यौली मिसाउने, दरमा दारु कि दूध भन्दै उफ्रने हरुले नै प्रतिष्ठान माथि अरूले औँला
ठड्याउने बाटो खोलिदिएका छन् ।
संस्था कहिल्यै पनि गलत हुँदैन।
संस्थागत नियत पनि गलत हुँदैन । संस्था गलत भए विधान नै पास हुँदैनथ्यो। हाम्रो
संस्थाको विधान सरकारी छाप लागेको दस्ताबेज समेत हो। कमसेकम संस्था भित्र रहेर लोक
संस्कृतिको चीरहरण गरिरहेका कलाकारलाई विधान अनुसार संस्थाले कारबाही गरिदिए बाहिर
बसेर ‘प्रतिष्ठान के हेरेर बसेको छ’ भनेर प्रश्न गर्नेहरूले जवाफ पाउने थिए भन्ने
मैले बुझेको छु ।
कला क्षेत्र नैतिकताले चल्ने र
बच्ने हो। तपाई नैतिकतावान बन्ने की नैतिकताविहीन तपॉईकै हातमा छ कलाकार ज्यु ।
तिलु शर्मा पौडेल
सचिव
राष्ट्रिय लोक तथा दोहोरी गीत
प्रतिष्ठान नेपाल, कतार शाखा ।
No comments:
Post a Comment