Tilu Sharma

श्रमजीवी, कला संगीत पारखी र स्पष्टवक्ता !!

Wednesday, 20 February 2019

बिस्टको 'गोर्खालीकी छोरी हुँ म’ ले चर्चा कमाउदै (भिडियो सहित)


काभ्रेली युवा नारायण बिस्टको शव्द र लेखनमा नयाँ  म्युजिक भिडियो 'गोर्खालीकी छोरी हुँ म’  बोलको गीत सार्बजनिक भएको छ । वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत काभ्रेका विष्टले सन् २००९ देखि हालसम्म करीव दर्जन गीत सिर्जना गरेका उनको ६ वटा गीत रिकर्डिंग भैसकेका छन । बजारमा आएको 'गोर्खालीकी छोरो हुँ म' बोलको गीत उनको पहिलो हो । आगामी दिनमा अरु गीति  भिडियो बजारमा ल्याउन लागेको उनले बताए ।

 सन : २००८ देखि दोहा कतारलाइ कर्म थलो बनाइ बसेका विष्ट गीत लेखनसंगै सामाजिक संघसंस्थामा सक्रिय पूर्वक लागेका व्यक्ती हुन् । काभ्रेपलान्चोक जिल्ला बनेपा नपा१३ भैंसेपाटीमा जन्मेका विष्ट एनआरएनए कतारको प्रदेश ३ का संयोजक, काभ्रेपलान्चोक सेवा समाजको प्रथम उपाध्यक्ष, प्रदेश ३  समन्वय समितिका  सल्लाहकार, माउन्ट एभरेस्ट सेवा समाजको कार्य समिति सदस्य, परिकल्पना बचत समुह दोहा कतारको प्रबन्धक लगायतका संघसस्थामा आबद्द रही आएका छन ।


'गोर्खालीकी छोरी हुँ म’ गीत बोलको गीतमा बबिना किरातीको स्वर रहेको छ भने, म्युजिक निलम रोजु राइको रहेको छ। यस गीतको भिडियोमा गायिका बबिना र फिर्चडले अभिनय गरेका छन् । आफुद्वारा रचित गीतहरुले नेपाल र नेपालीको पहिचान झल्काएको उनको दावी गर्दै उनले भने 'गोर्खाली भन्ने वित्तिकै बीर नेपालीको संज्ञा दिन्छ, यस गीतले मानवीय तथा आपसी प्रेम पनि झल्काएको छ। म्युजिक भिडियोको युटुव च्यानलबाट गत फेब्रअरी १४मा गित सार्बजिनिक भएको हो ।



No comments:

Post a Comment