बैदेशिक रोजगारीको शिलशिलामा कोरीयामा
रहेर नेपाली गित/संगित क्षेत्रमा लगातार योगदान दिइरहने युवा सर्जक जीवन भण्डारीको
लाऊ माया गीतको भिड्यो सार्वजनिक भएको छ । प्रवासबाट नेपाली गीत संगीतमा क्रियाशिल
रहनेमा भण्डारी अग्र पंक्तिमा रहेका छन् । लाऊ मायामा नेपाली मुलका अमेरिकी नागरिक
गायक अच्युत बस्नेतको स्वर तथा जीवन भण्डारीको शब्द/संगित रहेको छ ।
OSR YouTube channal बाट केहिदिन अगाडि मात्र रिलिज भएको
उक्त गितमा सक्षम तामाङ र नमिता राइलाई मोडलको रूपमा देख्न सकिन्छ ।यो गीत झण्डै पॉच महिना अगाडि अमेरिकामा रेकर्ड
गरिएको थियो । प्रस्तुत गीत भण्डारीको तेस्रो साँगितिक कोसेली हो । यसअघि
उन्ले प्रमोद खरेलको आवाजमा ‘तिम्रो घर हो
मेरो यो दिल ‘ र दोस्रो लोक दोहोरी ‘रैछ रूनलाई बजारमा ल्याईसकेका छन् । भण्डारी
गीत लेखन सँगै नेपाली गजल लेखनमा पनि सक्रिय छन् उनको ‘राहत’ गजल सङ्ग्रह पनि
बजारमा आईसकेको छ ।
No comments:
Post a Comment