व्यावसायिक लाइसेन्स बिना नै लगानी र अन्य आर्थिक कारोबार गर्ने एक एसियन मूलका नागरिकलाई कतारको अपराध अनुसन्धान विभागले पक्राउ गरेको छ । सार्वजनिक अभियोग अन्तर्गत गिरफ्तारी र खोजी वारेन्ट प्राप्त गरेपछि आन्तरिक मन्त्रालयका अधिकारीहरूले उक्त व्यक्तिको निवासमा छापा मारी पक्राउ गरेका हुन् ।
अधिकारीहरूले उनको निवास वाट कतारी रियाल सहित विदेशी मुद्रा समेत जफत गरेको जनाएको छ l उनको साथबाट कार, मोटरसाइकल लगायतका महँगा उपकरण हरू जफत भएका छन् l उनले मनी लन्ड्रिंग समेत गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन् l